Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पहिरोमा परेर बैतडीमा आमा छोराको मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिरोमा परि आमा छोराको मृत्यु भएको छ ।

गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा गोब्बरको उद्धार गरिएको र उनको उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077