Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपचारका क्रममा कैदीबन्दीको मृत्यु

कैलाली । कैलाली कारागारमा कैद भुक्तान गरिरहेका एकजना कैदीबन्दी मृत्यु भएको छ ।

चोरी मुद्धामा कैद भुक्तान गरिरहेका बैतडीको दोगदाकेदार गाउँपालिका–५ का २८ वर्षीय सरोज बिष्टको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कारागारमा कैद भुक्तान गरिरहेका बिष्ट क्षयरोगबाट पिडीत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077