Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले गरे श्रीलंका र नाइजेरियाका पूर्वराष्ट्रपतिसँग भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि गएका अध्यक्ष ओलीले आइतबार उनीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

श्रीलंका पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया गएका छन्।

यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा कम्बोडिया पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए।

अध्यक्ष ओलीले कम्बोडियामा भएको निर्वाचनमा तीनवटा मतदान केन्द्रमा पुगि पर्यवेक्षण गरेका थिए।

यहि साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया गएका ओली आज स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077