Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बूढानीलकण्ठमा विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । बूढानीलकण्ठमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रमको नक्कली कार्यालय खडा गरेको भेटिएको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ मा विष्णुबहादुर गुरुङको दुई तले पक्की भवन भाडामा लिएर कार्यालय खोलेको भेटिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विश्व खाद्य कार्यक्रमको कार्यालय खोलेर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय घन श्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई काठमाडौं जिल्ला बूढानीलकण्ठ-५ बस्ने ४० वर्षीय लिलाबहादुर भोलोन रहेका छन्।

यी घटनामा संलग्न भएका अन्य तीन जना फरार रहेका छन्। मकवानपुरका भीम भोलोन, मिलन तामाङ र पेम्बा तामाङ फरार छन्।

उनीहरुले १ जेठ २०८० देखि डब्लूएफपीको नक्कली कार्यालय खडा गरेको भेटिएको छ । पक्राउ परेकाहरू विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077