Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वीरगञ्जबाट १९ राउण्ड गोलीसहित भारतीय नागरिक समातिए

    वीरगञ्जबाट १९ राउण्ड गोलीसहित भारतीय नागरिक समातिए

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 483
    SHARES

    पर्सा । पर्सामा १९ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका छन् । बिहार पश्चिम चम्पारण जिल्ला वेतियाग्राम लगुनाहा–१४ का २२ वर्षीय मुरारी कुमार कुशवाह १९ राउण्ड गोलीसहित वीरगञ्जबाट पक्राउ परेका हुन् ।

    उनलाई वीरगञ्जको भानुचोकस्थित सडकखण्डबाट प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले पक्राउ गरेको हो । चेकिङका क्रममा उनको साथबाट १९ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



    हातमा झोला बोकेर पैदल हिँड्दै बसपार्कतर्फ आउँदै गरेको अवस्थामा खानतलासी गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनमा लाग्ने १५ राउण्ड गोली, केएफ १२ लेखिएको सर्टगनकै ३ राउण्ड गोली र १२ केएफ १२९६ लेखिएको ९ राउण्ड गोली गरी १९ राउण्ड गोली उनको साथबाट बरामद भएको प्रहरीको भनाई छ ।



    पक्राउ परेका कुशवाहविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा जिल्ला अदालत पर्साबाट म्याद लिई थप अनुसन्धान सुरु भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार