Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिका पठाउने भन्दै ठगी धन्दा : करोडौं लिएर अन्य देशमा बन्धक !

    अमेरिका पठाउने भन्दै ठगी धन्दा : करोडौं लिएर अन्य देशमा बन्धक !

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 579
    SHARES

    काठमाडौं । नेपालीलाई अमेरिका पठाइदिने भन्दै अन्य देशमा लगेर बन्धक बनाउने एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २७ घर भई हाल काठमाडौं महानगरपालिका ८ गुहेश्वरी पन्चकन्या मार्गमा डेराकोठा गरी बस्ने ३४ वर्षीय कमल तामाङ रहेका छन् ।



    प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले तामाङलाई काठमाडौंको गुहेश्वरी पन्चकन्या मार्गबाट पक्राउ गरेको हो । उनीविरुद्ध मानव बेचविखन अनुसन्धान ब्यूरोमा ४ वटा उजुरी परेका थिए।



    उनीसहितका व्यक्तिले हवाई मार्ग हुँदै अमेरिका लैजाने प्रलोभन देखाएर ११ लाख ३० हजार देखि ६० लाख रुपैयाँसम्म रकम लिई हालसम्म २ करोड ९६ लाख २३ हजार ८ सय ९० रुपैयाँ ठगी गरेको खुलेको छ।

    नेपालबाट अमेरिका लैजाने भनेपनि भारतको नयाँ दिल्ली, श्रीलंका, दुवई, सिंगापुर, फिलिपिन्स, थाइल्याण्ड, लाओस र जाम्बिया लगायतका देशहरुमा पु¥याई अलपत्र पारेर थप रकम माग गर्ने गरेको खुलेको छ।

    यस्तो कार्यमा अन्य व्यक्तिको पनि संलग्नता रहेको र निजहरुको खोजतलास भइरहेको ब्यूरोले जनाएको छ । उनलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी ब्यूरोले अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार