Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन् । कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि त्यहाँ पुगेका ओली सोमबार राति स्वदेश फर्किएका हुन् ।

ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरुले स्वागत गरेका थिए ।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू साउन २ मा कम्बोडिया गएका थिए ।

साउन २ गते कम्बोडिया प्रस्थान गरेका अध्यक्ष ओलीले आईतबार त्यहाँ भएको आम निर्वाचनको पर्यवेक्षण गरेका थिए । निर्वाचन पर्यवेक्षणकै लागि कम्बोडिया पुगेका श्रीलङ्काका पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्व राष्ट्रपति जोनाथन गुडलकसँग ओलीले भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077