Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि

    आयात निर्यात घटे पनि व्यापार घाटा साढे १४ खर्ब माथि

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 459
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन ।

    भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ ।



    यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तुलनामा १५.४५ प्रतिशतले थोरै रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल व्यापार घाटा १७ खर्ब २० अर्व ४१ करोड रहेको थियो ।



    भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत २०७९ को साउन देखि २०८० को असारसम्ममा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।

    अघिल्लो आर्थिक वर्षमा १९ खर्ब २० अर्वको आयात र २ खर्बको निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले र निर्यात २१.४४ प्रतिशतले घटेको तथ्यांक रहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार