Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको अरोप - सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टल सुन तस्करीमा गृहमन्त्रीले अरुलाई दोष दिएर उम्कन खोजेको आरोप लगाएका छन् ।

कम्बोडियाबाट गएराति स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो रोप लगाएका हुन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै सबैको ध्यान अन्यत्रै मोड्न विभिन्न प्रपञ्च गरिरहेको उनको आरोप छ ।

विमानस्थलको सुरक्षाको जिम्मा गृहमन्त्रीको भएको भन्दै अध्यक्ष अ‍ोलीले सानोतिनो संलग्नताबाट यति ठूलो तस्करी संभव नभएकाले गृहमन्त्रीले आफ्नो संलग्नताबारे स्पष्ट पार्नुपर्ने पनि बताए ।

सुनकाण्डमा कसको संलग्नता छ भन्ने विषयमा तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने भन्दै ओलीले यस विषयलाई आफूहरुले नजिकबाट नियालिरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077