Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सुनकाण्डमा गृहमन्त्री श्रेष्ठको गैरजिम्मेवारीले हद नाघ्यो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको बद्तमिज र गैरजिम्मेवारीले हद नाघेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्रीको गैरजिम्मेवारीले हद नाघेको बताएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि ओलीले टिप्पणी गरे।

अध्यक्ष ओलीले भने,'नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सक्युरिटी गर्ने काम उहाँको हो कि होइन रु यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन? अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री 'कोट'को गाला र टारको गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ ।'

आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने ? गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र पार्टीले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए ।

गृहमन्त्री श्रेष्ठले दिएको यही अभिव्यक्तिप्रति संकेत गर्दै अध्यक्ष ‌ओलीले यत्रो घटना हुँदा गृहमन्त्रीको भूमिका के थियो त्यसमाथि नै आशंका गरे। अध्यक्ष ओलीले अरु कसैले गृहमन्त्रीको जवाफदेहीताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077