Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोस्रो दिन पनि नेप्सेमा ३६ अंकको गिरावट, २ अर्ब ९१ करोड रुपैयाँको कारोबार

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । मंगलबार ३६.१९ अंकले घटेको बजार २१६४.२१ अंकमा झरेको छ ।

मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगर्दा बजारमा निरन्तर गिरावट देखिएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ।

आज दुई अर्ब ९१ करोड ७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे सेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज सोल्टि होटलको सेयर सर्वाधिक खरिदबिक्रि भएको छ। कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै,  किसान लघुवित्तको सेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ८७.१० रुपैयाँले बढेर ९५८.३० रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077