Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कपिलवस्तुबाट ३७ लाख बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद

कपिलवस्तु । सशस्त्र प्रहरीले कपिलवस्तुबाट ३७ लाखभन्दा बढीको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-१ जवाबैराठ इलाकाबाट ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाइकल बरामद गरेको हो।

सोही ठाउँको जंगल इलाकामा बेवारिसे अवस्थामा रहेको सो लत्ताकपडा तथा भारतीय नम्बर प्लेटका चारवटा मोटरसाइकल बरामद गरिएको सीमा सुरक्षा गुल्म कृष्णनगरले जनाएको छ ।

बरामद गरिएको लत्ताकपडा तथा मोटरसाइकल कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077