Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लागूऔषधसहित चार युवक पक्राउ

    लागूऔषधसहित चार युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ९ साउन २०८०
  • 621
    SHARES

    रुपन्देही । रुपन्देहीको सालझण्डी बजारबाट प्रहरीले लागूऔषधसहित चार युवकलाई पक्राउ गरेको छ ।

    उनीहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डीले रुपन्देहीको सैनामैना–१० सालझण्डी बजारबाट २५६० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–५ बस्ने १८ वर्षीय प्रतिक थापा, सैनामैना–१० का २६ वर्षीय ‘पट’ भनिने सुनिल थारू, सोही स्थानका २८ वर्षीय ‘जिसस’ भनिने जित बहादुर दर्लामी र २५ वर्षीय ‘डिके’ भनिने दिनेश कुमार पुन रहेका छन् ।



    खैरो हेरोइनको खरिद बिक्री कारोवार भइरहेको गोप्य सूचनाका आधारमा सोमबार उनीहरुलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    शरीर खानतलासी गर्दा उनीहरुको साथबाट ३२ थान पुडियामा जम्मा गरी २५६० मिलीग्राम खैरो हेरोइन फेला पारिएको बताइएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार