Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिँदै, सभापति देउवाले जवाफ दिने

    कांग्रेस केन्द्रीय समितिको बैठक आज सकिँदै, सभापति देउवाले जवाफ दिने

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 558
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदैछ । साउन २ गतेदेखि बसिरहेको बैठक विभिन्न निर्णयहरु पारित गर्दै आज समापन गरिने भएको हो । केन्द्रीय समितिको बैठकका निर्णयहरुलाई अन्तिम रुप दिन बुधबार नै कांग्रेस पदाधिकारीहरुको बैठक बस्दै छ ।

    पार्टी पदाधिकारीहरुको बैठक बिहान ११ बजे बस्नेछ । यसअघि मंगलबार पनि पार्टी पदाधिकारीको बैठक बसेको थियो । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले केन्द्रीय समितिका बैठकको निर्णय मस्यौदा तयार गर्न नेताहरुलाई जिम्मा दिएको थियो।



    बुधबार पदाधिकारीको बैठक बसेर निर्णयको मस्यौदालाई अन्तिम रुप दिइने र पछि केन्द्रीय समितिको बैठकले अनुमोदन गर्ने नेताहरुले जानकारी दिएका छन्।



    बुधबार केन्द्रीय समितिको बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ। बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ । सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार