Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पूर्वी नाकाबाट ५१ करोडको कोदो आयात

    पूर्वी नाकाबाट ५१ करोडको कोदो आयात

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पूर्वी पहाडी जिल्लामा कुनै बेला पर्याप्त मात्रामा उत्पादन हुने कोदो पछिल्लो समय भारतबाट आयात गर्ने गरिएको छ । युवा वैदेशिक रोजगारीमा जाने गरेका कारण गाउँमा खेतबारी बाँझै छन् । त्यसैले कोदो आयात हुन थालेको हो ।

    आर्थिक वर्ष २०७९र८० मा पूर्वीनाका काँकडभिट्टा भएर रु ५१ करोड ३१ लाख २० हजार बराबरको कोदो भारतबाट आयात भएको तथ्यांक छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार सो अवधिमा १६ हजार ३५ मेट्रिक टन कोदो आयात गरिएको छ ।



    फर्सी पनि भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार आर्थिक वर्ष २०७९र८० मा भारतबाट रु सात करोड ५७ लाख २८ हजार मूल्यको चार हजार ७३३ मेट्रिक टन फर्सी आयात गरिएको छ ।



    फापर, खुर्सानी, घिरौला, लौका, करेला, तरुल, भिन्डी, सिमीलगायतका वस्तु भारतबाट आयात गर्ने गरिएको छ । गत आवमा रु १९ करोड ८३ लाखको १२ हजार ३९९ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ ।

    सोही अवधिमा रु ३१ करोड ९८ लाख बराबरको १९ हजार ९८८ मेट्रिक टन करेला, रु १८ करोड ७४ लाख ७२ हजारको ११ हजार ७१७ मेट्रिक टन भिन्डी र रु आठ करोड ९६ लाख ८० हजार बराबरको पाँच हजार ६०५ मेट्रिक टन सिमी भारतबाट आयात गरिएको ठाकुरले जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार