Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्टर मियामीको जितमा मेसीको दुई गोल

काठमाडौं । कप्तान लियोनल मेसीले दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले लिग्स कपको दोस्रो खेलमा एटलान्टा युनाइटेडविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

बुधबार घरेलु मैदान डीआरभी पीएनके रंगशालामा सम्पन्न खेलमा मियामीलाई जित दिलाउन मेसीले दुई गोल गर्दा रोबर्ट टेलरले पनि दुई गोल गरे ।

दुई खेलमध्ये दुवैमा जित निकालेको मियामी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यो जितसँगै मियामी प्रतियोगिताको राउन्ड अफ ३२ मा पुग्ने पहिलो टिमसमेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077