Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाबालिग बलात्कार घटना : एलओडीका म्यानेजरसहित ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौंको ठमेलस्थितलर्ड अफ ड्रिक्स (एलओडी) क्लबका म्यानेजर रविन श्रेष्ठसहित ३ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

क्लबको काउन्टरमा कार्यरत सपना ढुङ्गाना, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ र अर्का एकजना कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।

जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

एलओडीमा प्रवेश गरेकी  बालिका त्यहाँबाट निस्किएपछि सानेपामा बलात्कृत भएको भेटिएपछि प्रहरीले एलओडीका दुईजना सञ्चालकलाई पक्राउ गरेको थियो ।

तर, सरकारी वकिलले उनीहरूलाई हाजिरी जमानीमा छाडेपछि कर्मचारीलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077