Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एलओडीका कर्मचारीलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौंको ठमेलस्थितलर्ड अफ ड्रिक्स (एलओडी )क्लबका दुई कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

ठमेलस्थित लर्ड अफ ड्रिङ्समा नाबालिगलाई प्रवेश दिएको प्रकरणमा क्लबका फ्रन्ट अफिस म्यानेजर सहदेव सेढाई र कर्मचारी सपना ढुंगानालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई अदालतले बुधबार धरौटीमा छाड्ने आदेश दिएको हो । एलओडीका सञ्चालक रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाललाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले पहिल्यै हाजिरी जमानतमा छाडेको थियो ।

जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077