Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक बस्दै, मिटरब्याजसम्बन्धी विधेयक टेबुल गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०१ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधिसभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०“ का सम्बन्धमा प्रतिनिधिसभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ ।

असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएर पनि राष्ट्रियसभामा प्रवेश नपाएको विधेयकलाई आजको बैठकबाट अघि बढाउन लागिएको हो।

हिजो बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विमानस्थल बाट बाहिरिएको तस्करीको सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर सदन अवरुद्ध गरेको थियो । आजको राष्ट्रिय सभामा पनि एमालेले आफ्नो मागलाई कायम राख्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077