Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभा बैठकमा टेबल

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ।

आजै बस्ने गरि बैठक ३१ मिनेटका लागी स्थगित गरिएको हो। राष्ट्रियसभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक २०८०’ टेबल भएको छ ।

बिहिबार बसेको राष्ट्रियसभाको बैठकमा गत असार ३१ गते प्रतिनिधिसभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रियसभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्नेगरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् । राष्ट्रियसभाबाट आजै यो विधेयक पारित गर्ने तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077