Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गण्डकी प्रदेशबाहेक एमालेको प्रदेश कमिटीको अधिवेशन मिति तोकियो, कहिले कहाँ हुँदैछ ?

काठमाडौं । नेकपा (एमाले)ले चार वर्षमा गर्नुपर्ने प्रदेश अधिवेशन दुई वर्षमै गर्न मिति तय गरेको छ।

असोजसम्म प्रदेश अधिवेशन गर्न स्थायी कमिटिले दिएको निर्देशनअनुसार गण्डकीबाहेक सबै प्रदेश कमिटीले आफ्नो अधिवेशनको मिति तय गरेको हो ।

कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन हुने भएको छ ।

त्यस्तै, लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । गण्डकी प्रदेशले भने यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077