Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा गाडी भाडा घट्यो, कुन रुटमा कति ?

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।

११ जेठमा बागमती प्रदेशले भाडादर समायोजन गरेको थयो । ट्याक्सी हकमा भने अघिल्लो भाडादर समायोजन मै घटेकोले अहिलेलाई भाडा नबढाइएको मन्त्रालयले जनाएको छ ।

अब काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीको भाडा ५.९ प्रतिशतले घटेको छ । उपत्यकाबाहिर चल्ने सार्वजनिक सवारीको भाडा दर ४.१८ प्रतिशत घटेको छ । प्रदेशभित्र चल्ने महालवाहक सवारीको भाडा ५.६९ प्रतिशतले घटेको छ ।

अब काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ । भने १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ ।

यसअघि पाँच किलोमिटरसम्मको भाडा १९ रुपैयाँ रहेको थियो । भने १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको थियो ।

नयाँ भाडादर सूची-




 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077