काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शास्त्रीय सङ्गीतमा झुमेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीको निवास बालकोटमा बिहीवार बेलुका कलाकारको जमघट भएको हो ।
अध्यक्ष ओलीले शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी घरमा आउँदा सांगीतिक माहौल बनेको जनाएका छन् ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घरमा हिजो बेलुका संयोगवश सांगीतिक माहौल बन्यो । शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनुभएको थियो ।
शास्त्रीय संगीतका साधकहरूले सुनाउनुभएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद !’