Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मकैबारीमा लगी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

दाङ । जिल्ला प्रहरी कार्यालयले १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने २३ वर्षीय विनोद वली रहेका छन् ।

वलीले ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगि मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका वलीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077