Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसी राष्ट्रपति पुटिनले भने – अफ्रिका राजनीतिक र आर्थिक शक्तिको नयाँ केन्द्र बन्दै छ

    रुसी राष्ट्रपति पुटिनले भने – अफ्रिका राजनीतिक र आर्थिक शक्तिको नयाँ केन्द्र बन्दै छ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 816
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफ्रिकाको राजनीतिक र आर्थिक शक्ति बढ्दै गएको बताएका छन् ।

    शुक्रबार सेन्ट पिटर्सवर्गमा रुस–अफ्रिका शिखर सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    पुटिनले शिखर सम्मेलनमा भने “हाम्रो आँखा अगाडि अफ्रिकी महादेश शक्तिको नयाँ केन्द्र बनिरहेको छ । यसको राजनीतिक र आर्थिक भूमिका तीब्र रूपमा बढिरहेको छ । सबैले यो वस्तुनिष्ठ वास्तविकतालाई मान्नुपर्छ ।”



    औपनिवेशिकताका केही स्वरुपहरू आजसम्म उन्मुलन हुन नसकेको र पूर्वसाम्राज्यवादी शक्तिले विशेष अर्थतन्त्र, सूचना र मानवीय क्षेत्रमा यसको अभ्यास गरिरहेको पुटिनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार