Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

महेश बस्नेत भन्छन् - खबरदार ! भ्रष्ट सरकारले गरेका कालो कर्तुत जनताले नियालिरहेका छन्

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले राष्ट्रवादीको नाटक मञ्चन गरेर भ्रष्ट सरकारले गरेका कालो कर्तुत जनताले नियालिरहेका बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लाचारी सरकार अझै पानी माथिको ओभानो जस्तै गरी अन्य पार्टीलाई आरोप थोपरेर जनतालाई भ्रम फिँजाउन व्यस्त रहेको बताएका हुन् ।

उनले लेखेका छन्, एक क्विन्टल सुन तस्करीको आरोप लागेका व्यापारी राकेश अडुकियाले एक वर्षको अवधिमा २ सय १२ पटक यूएई र हङ्कङ्को यात्रा गरेका रहेछन् । अध्यागमन विभागले राजस्व अनुसन्धान विभागलाई पठाएको विवरणमा अडुकियाले भारतीय पासपोर्ट मार्फत विदेश भ्रमण गर्ने गरेको पाइएको छ ।

आफ्नो नक्कली नाम रोहन अडुकिया राखेर भारतीय पासपोर्ट प्रयोग गर्ने गरेको उनी उनले उल्लेख गरेका छन् । ४८ वर्षीय राकेश सन् १९७५ को अगस्ट ९ का दिन काठमाण्डौंमा जन्मिएको बताउँदै उनले भारतीय नागरिकको हैसियतमा हङ्कङ् स्थित भारतीय महावाणिज्यदूतावासबाट उतैको नागरिकता र पासपोर्ट जारी गराइएको पनि बताए ।

'यी सबै कुरामा बेखबर रहेको नाटक गरी बसेको लाचारी सरकार अझै पानी माथिको ओभानो जस्तै गरी अन्य पार्टी लाई आरोप थोपरेर जनतालाई भ्रम फिँजाउन व्यस्त छ,' उनले भने,'राष्ट्रवादीको नाटक मञ्चन गरेर भ्रष्ट सरकारले गरेका कालो कर्तुत जनताले नियालिरहेका छन् खबरदार !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077