Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

निर्माणाधीन घर भत्काएको आरोपमा तीन पक्राउ

बझाङ । बझाङमा निर्माणाधीन घर भत्काएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बित्थडचिर गाउँपालिकामा सार्वजनिक जग्गामा घर बनाएको भन्दै घर भत्काएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

करण ओखेडाले बनाइरहेको घर शुक्रबार केही स्थानीयले भत्काएका थिए।

सार्वजनिक जग्गामा घर बनाएको भन्दै वडा कार्यालयमा उजुरी समेत परेको थियो।

त्यसपछि उनीहरूले घर भत्काएर खेतीपाती समेत फडानी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077