Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • युक्रेनसँग शान्ति वार्ता गर्न रुसी राष्ट्रपति पुटिन तयार

    युक्रेनसँग शान्ति वार्ता गर्न रुसी राष्ट्रपति पुटिन तयार

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 825
    SHARES

    एजेन्सी । युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक बनेको छ ।

    चिनियाँ र अफ्रिकी कुटनीतिज्ञसँगको भेटपछि राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको वार्ताका लागि तयार रहेको बताएका हुन् ।



    पुटिनले यसअघि युक्रेनी सेना युद्धको मोर्चामा रहेकाले शान्ति वार्ताका लागि आग्रह गर्न युद्ध विराम गर्नसमेत कठिन भएको दाबी गरेका छन् ।



    रुस र युक्रेनबीच यसअघि पनि पटक(पटक वार्ताको प्रयास भएको छ । तर दुवै पक्षको अडानले वार्ता सफल हुन सकेनन्। युद्ध विराममा रुसले नै रुचि नदेखाएको आरोप युक्रेनले लगाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार