Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुन काण्डमा जरैदेखि अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्छौं : प्रदीप पौडेल

    सुन काण्डमा जरैदेखि अनुसन्धान नभए गृह र अर्थमन्त्रीको राजीनामा माग्छौं : प्रदीप पौडेल

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 855
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले १०० किलो सुन प्रकरणको जरैदेखि छानबिन हुनुपर्ने माग गरेका छन्।

    आज बुटवलमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले यस्तो सुन काण्डमा भरिया मात्रै नभएर जरैसम्म छानबिन गर्नुपर्ने बताएका हुन् ।



    पौडेलले भने, ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ ? कस-कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस् । नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौं । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’



    नेता पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि दलहरू सच्चिन आवश्यक रहेको बताए । उनले सुन काण्डमा राम्रोसँग अनुसन्धान हुन नसकेमा गृहमन्त्री र अर्थको राजीनामा माग्ने अवस्था आउन सक्ने बताए ।

    फरक प्रसङ्गमा नेता पौडेलले सङ्घीयतालाई बलियो बनाउनका लागि सांसदहरूको सङ्ख्या घटाउनु पर्नेमा जोड दिए ।

    त्यस्तै, नेता पौडेलले सङ्घीय संसद्को सङ्ख्या घटाएर २०१ सदस्यीय बनाउने र सोही अनुसार प्रदेशसभामा समेत सङ्ख्या घटाउनु पर्ने उल्लेख गरे । घटाइएको सङ्ख्यामा सबै जातजाति, समुदाय, महिला, सीमान्तकृत लगायत सम्पूर्णको समान प्रतिनिधित्व हुने गरी निर्वाचन प्रणाली लागू गर्नुपर्ने उनले बताए ।

    यसरी राजनीतिक प्रशासन र खर्चलाई घटाएर ब्युरोक्रेसीमा हुने खर्चलाई पनि घटाउन सकिने उनले बताए । पुँजीगत खर्चभन्दा चालू खर्च ४ गुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पूरा खर्च गर्न नसकिएको बताए ।

    विगत १५ वर्षको तथ्याङ्कमा सबैभन्दा बढी ५८ प्रतिशत मात्रै पुँजीगत खर्च हुन सकेको बताउँदै उनले भ्रष्टाचार, अनियमितताले नै यति धेरै बेरुजु निस्किएको उल्लेख गरे । यसको नियन्त्रणका लागि पनि संसद् सङ्ख्या घटाउनु पर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार