Jun 29 2026 | २०८३, आषाढ १५ गते

29 Jun 2026 | सोमवार, आषाढ १५ गते २०८३

सोमवार, आषाढ १५ गते २०८३
images
images

यस्तो छ धितोपत्र बोर्डले ल्याएको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाल धितोपत्र बोर्डले आइतबार एक कार्यक्रमकाबीच आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

सार्वजनिक नीति तथा कार्यक्रममा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न यस सम्बन्धी कानुनहरुमा आवश्यक संशोधन तथा परिमार्जन गरिने उल्लेख छ ।

त्यस्तै धितोपत्र व्यवसायीको लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने उल्लेख छ । आर्थिक वर्षको विनियोजित बजेटको लक्ष्य, मौद्रिक नीतिले लिएको बाटोलाई अंगाल्दै समग्र धितोपत्र बजारको विस्तार एवम् सुधारमा केन्द्रीत हुनेगरी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याइएको बोर्डले जनाएको छ ।

पुँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैर आवासीय नेपाली नागरिकहरु (एनआरएनए) हरुलाई पुँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्ने कार्यक्रम धितोपत्र बोर्डले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077