Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुम पश्चिममा पहिरोमा पुरिएर दुई जनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भीरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । एक जना घाइते भएका छन् ।

आइतबार दिउँसो घारीखोलामा पहिरो खस्दा घाँस काटिरहेका स्थानीय ४४ वर्षीय कालीबहादुर खड्का र ४५ वर्षीया धनमाया खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा परेर ४२ वर्षीया बालकुमारी खत्री घाइते भएकी छन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077