काठमाडौं । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुने भएको छ ।
गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो ।
आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालले जनाएको छ ।
दिउँसो २ बजेबाट उक्त एकता सभाको औपचारिक कार्यक्रम सुरु हुनेछ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलसहित दुवै पक्षका वार्ता टोलीसहितका नेताहरूको उपस्थितिमा एकतासम्बन्धी सहमति गरिए अनुसार आज एकता सभा हुन लागेको बतायएको छ ।