Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सिन्धुपाल्चोकको धापमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । सिन्धुपाल्चोक आसपासमा भारी वर्षा मापन भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घन्टामा सिन्धुपाल्चोकको धापस्थित केन्द्रमा भारी वर्षामापन भएको हो । हेलम्बु नाकोते केन्द्रमा पछिल्लो ६ घन्टामा ४५.६ मिलिमिटर वर्षा मापन गरिएको छ ।

सिन्धुपाल्चोककै धाप केन्द्रमा ९४ मिलिमिटर वर्षा मापन गरिएकोले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले भनेको छ।

यसैबीच काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ। अहिले काठमाडौं उपत्यकाका बागमतीको सहायक नदी मनोहरा, हनुमन्तेलगायतमा जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077