Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज पनि संसद चल्न नदिने एमालेको अडान, उच्चस्तरीय समिति बनाउनु पर्ने माग

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आजको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चल्न नदिने भएको छ ।

सुन काण्ड छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने अडान राख्दै आएको एमालेले आज पनि संसद चल्न नदिने भएको हो । यसअघि सोमबार पनि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।

बैठक आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर आज पनि प्रमुख प्रतिपक्षी दल एमाले बैठक अवरुद्ध गर्ने तयारीमा छ । उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने एमालेको अडान छ ।

संसद्को अवरोध खुलाउने विषयमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077