Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता भएको छ।

मंगलबार राष्ट्रिय सभा गृहमा मंगलबार आयोजित एक कार्यक्रममार्फत् दुवै पार्टीको एकता गरिएको हो ।

एकता कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंगा सावित हुने दाबी गरे।

यस्तै मोर्चाका नेता लुइँटेलले हिन्दू राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपालाई पनि पार्टीको विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077