Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एसपी कुमोद ढुङ्गेल काठमाडौं प्रहरीको प्रवक्ता

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी एसपी कुमोद ढुङ्गेललाई दिइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान बहादुर कार्कीले काठमाडौं परिसरको प्रवक्ताको जिम्मेवारी एसपी ढुङ्गेललाई दिइएको प्रेश विज्ञप्तिमार्फत जनाएका हुन् ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता रहेका एसपी सिताराम रिजालको मकवानपुरमा सरुवा भएसंगै उक्त स्थान रिक्त रहेको थियो।

ढुङ्गेल केहि समय अगाडि डीएसपीबाट एसपीमा बढुवा भएका हुन्। प्रहरीभित्र एसपी ढुङ्गेल इन्काउन्टर स्पेशलिस्टका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077