Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बङ्गदेशका राजदूतबीच भेटवार्ता

    सुदूरपश्चिमका मुख्यमन्त्री शाह र बङ्गदेशका राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 546
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीबीच आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा शिष्टाचार भेटवार्ता भएको छ ।

    भेटका क्रममा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव धीरेन्द्र शाहीले बताए ।



    सो अवसरमा बङ्गादेशका राजदूत चौधरीले दुई देशबीच पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सहयोग जुटाउन बङ्गलादेश तत्पर रहेको बताए ।



    मुख्यमन्त्री शाहले प्रदेशको जलविद्युत्, कृषिलगायतका क्षेत्रको विकासका लागि बङ्गलादेश सरकारको सहयोगको अपेक्षा राखेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार