Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

चितवनमा ४० हजार चालकलाई कारबाही

चितवन । आर्थिक वर्ष २०७९/८० मा ट्राफिक नियम उल्लंघन गर्ने ४० हजार ६६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा तीन करोड ४५ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु राखेर सञ्चालन गर्ने, निषेधित क्षेत्रमा सवारी पार्किङ गर्ने, तीव्रगतिमा सवारी चलाउनेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो ।

कारबाहीमा पर्नेमा ट्रक तथा टिपरका चालक सात हजार ७५, बस तथा माइक्रोबसका चालक चार हजार १९४, जीप तथा कारका चालक सात हजार ७१२, ट्याक्टर चालक एक हजार ६०९, मोटरसाइकल तथा स्कुटर चालक १३ हजार १०७ र टेम्पो तथा अटोरिक्सालगायत सवारीसाधनका चालक ६ हजार ९६७ रहेका जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

गत आवमा ३०३ सवारीसाधन दुर्घटनामा परेका थिए । सो क्रममा ७८ जनाको मृत्यु भएको थियो । ती दुर्घटनामा १७० जना गम्भीर र ४११ जना सामान्य घाइते भएको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077