Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको ‘गुड फ्राइडे’ कलाकार विश्वकर्मासँग, भने - चियाको आनन्द लिनुस् है

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सञ्चारकर्मी तथा कलाकार रीमा विश्वकर्माबीच भेट भएको छ ।

भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा ओलीले कलाकार विश्वकर्मासँग चिया पिएका हुन् । उनले आजको ‘गुड फ्राइडे’को सुरुवात त्यही तस्बिरबाट घोषणा गरेका छन्।

ओलीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्बिरसँगै सबैलाई नमस्कार, शुभ बिहानी ! तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ! Good Friday !!'

यस्तै कलाकार विश्वकर्माले ओलीसँगका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले आफू ओलीको व्यवहार र व्यक्तित्वबाट प्रभावित भएको उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077