Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आरजुविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्न तरुण दलको माग

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरूद्ध भ्रामक प्रचार गर्नेलाई कानूनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

तरूण दलले सांसद देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित झूठा र अनर्गल पोष्ट गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

राजनीतिक पूर्वाग्रह राखेर विभिन्न व्यक्ति र समूहले आरजुविरूद्ध प्रतिष्ठा, इज्जत, मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने गरी सामाजिक सञ्जालमा पोस्टहरू गरेको पाइएको तरूण दलका अध्यक्ष विद्वान गुरूङले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘राजनीतिक पूर्वाग्रह राखेर उक्त कार्यमा संलग्न घृणित र अवान्छित मनोवृत्तिका व्यक्ति वा समूहलाई ३ दिनभित्र कानूनको दायरामा ल्याउन तरूण दल सरकार र प्रहरी प्रशासनसँग माग गर्दछ ।’

विज्ञप्तिमा कानूनको बर्खिलाफ हुने गरी कलाकारहरूले कलाकारिताको मर्यादा र गरिमालाई नै आँच पुग्ने गरी सुवास बोहरा भन्ने नामको टिकटक आईडीबाट आरजुको गरिमा र इज्जतमा गम्भीर आँच पुग्ने खालको प्रकाशित सामग्रीप्रति आपत्ति जनाइएको छ ।

तरूण दलको आग्रहलाई बेवास्ता गरेमा त्यस्ता गतिविधिका विरूद्ध दल आफैं प्रतिकारमा उत्रने चेतावनीसमेत गुरूङले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077