Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीको प्रश्न - छिमेकीसँग खुलस्त कुरा गर्न सकिँदैन भने सरकारको के अर्थ भयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग जायज कुरा राख्न नसक्ने सरकार र सत्ताको अर्थ नरहेको बताएका छन् ।

काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तक्रिया कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले छिमेकी मित्र मुलुकसँग राष्ट्रिय हितसँग सम्बन्धित जायज विषय राख्न नसक्ने सरकार र सत्ताको अर्थ नहुने बताए ।

अध्यक्ष ओलीले भने, ‘हाम्रा दुइ छिमेकी ठूला छन्, सीमानाको समस्या छिमेकीसँग हुन्छ। अर्जेन्टिना या चिलिसँग सिमानाको समस्या हुँदैन । छिमेकी मित्रसँग जायज हितबारे बोलन सक्दैनौ भने त्यस्तो सरकार र सत्ताको के अर्थ भयो?’

अध्यक्ष ओलीले दुई ठूला मुलुकको बीचमा नेपाल रहेको र दुबै मुलुकसँग राष्ट्रिय हितसम्बन्धी जायज मागरहरू निर्धक्क भएर राख्नुपर्ने बताए।

उनले मुलुकको हितबारे कुरा राख्नै नसक्ने भए डेलिगेसन जानुको पनि अर्थ नहुने बताए। ओलीले नेपालले असंलग्न परराष्ट्र नीतिलाई डगमगाउन दिन नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077