Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाँदर आतंकको फोटो पोस्ट गर्दै ओलीले भने – तस्बिरले मन पोलिरह्यो, समस्या समाधान गर्नुपर्छ

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बढ्दो बाँदर आतंकको समस्या समाधान हुनेगरी कदम चालिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा बुधबार बाँदर आतंकसम्बन्धी फोटो पोस्ट गर्दै ओलीले यस्तो बताएका हुन् ।

उनले मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिर हेर्दा मन पोलिरहेको बताए ।

‘तीन दिन अगाडिको पोस्टमा आएका प्रतिक्रिया हेर्दै जाँदा खगेन्द्र पाण्डेले पोस्ट गर्नु भएको मकै बारीमा बाँदर आतङ्कको कारुणिक तस्बिरमा आँखा पुगे’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हेर्दा साधारण लाग्ने यो तस्बिरले मन भने पोलिरह्यो।उहाँले तस्बिर पोस्ट गर्दै लेख्नु भएको रहेछ–यसबारे पनि केही बोल्नु । हो, अवश्य । बोल्नै पर्छ। बोल्ने मात्र होइन तत्काल समाधान हुनेगरी कदम पनि चाल्नु पर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077