Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भक्तपुरबाट ४ लाख नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं। जिल्ला प्रहरी परिसर भक्तपुरले भक्तपुरबाट जुवा खेल्ने १३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरले मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारस्थित ओम होटलबाट शनिबार १३ जनालाई पक्राउ गरेको हो ।

प्रभु खड्काले सञ्चालन गरेको उक्त होटलमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले १३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूबाट प्रहरीले ४ लाख १७ हजार ४२५ रुपैयाँ र १० बुक तास बरामद गरेको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077