Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको आदेशपछि बाबुरामले भने - ललितानिवास प्रकरणको छानबिनमा सहयोग गर्छु

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको ललितानिवास जग्गा प्रकरण सम्बन्धी निर्णयको छानबिनमा पूर्णरूपले सहयोग गर्ने बताएका छन् ।

सर्वोच्च अदालतले निर्णयकर्तासम्मै अनुसन्धान गर्न निर्देशन दिएपछि डा. भट्टराईले यस्तो बताएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि सहर्ष सहयोग गरेको जनाएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘ललिता निवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद् लगायत सबै तहबाट भएका निर्णयहरूउपर निष्पक्ष छानबिन गरेर कानूनविपरीत, राज्यलाई नोक्सान हुने, निजी लाभ लिने ढंगले कार्य भए गरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानूनअनुसार कारवाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ ।

अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन गर्न र आवश्यक कारवाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ ।

ललिता निवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ ।

केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ । मेरो त्यतिबेलाको बयानको व्यहोरा पुनः सार्वजनिक जानकारीका निम्ति यहाँ प्रस्तुत छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077