Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपेन्द्रसिंह आबद्ध टाइगर्सले जित्यो ग्लोबल टी–२० क्यानडाको उपाधि

एजेन्सी । नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टेरियल टाइगर्सले ग्लोबल टी–२० क्यानडा क्रिकेट २०२३ को उपाधि जितेको छ ।

नेपाली स्पिनर सन्दीप लामिछाने आबद्ध सर्रे जगुअर्सलाई ५ विकेटले हराउँदै मोन्टेरियलले उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जगुअर्सले २० ओभरमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।

जितका लागि १३१ रनको विजयी लक्ष्य पछ्याएको मोन्टेरियलले निर्धारित २० ओभरमा ५ विकेट नै गुमाएर पूरा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077