Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

६ किलो चरेससहित दार्चुलाबाट दुई जना पक्राउ

दार्चुला। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले ६ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेका छन् ।

उनीहरुलाई शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट ६ किलो १०० ग्राम लागूऔषध चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।

गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा सोमबार बिहान १ बजेतिर पक्राउ गरेको हो ।

उनीहरू दुवै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077