Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हजारका १८२ थान नक्कली नोटसहित तीनजना पक्राउ, २०० थान तयारी कागज पनि बरामद

काठमाडौं । काठमाडौंमा नक्कली नोटसहित तीनजना प्रकाउ परेका छन् । जिल्लाको तारकेश्वर नगरपालिका वडा नम्बर ५ मा पर्ने गोलढुंगा नगिनी खोला नजिकबाट उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङका लक्ष्मी पाण्डे, लमजुङका सुवास गुरुङ र रामेछापका मदन दमाई रहेका छन् ।

उनीहरूको कोठाबाट नेपाली रुपैयाँ एक हजारको १८२ थान नक्कली नोट र नोट बनाउन प्रयोग हुने कागज २०० थान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको हुन सक्ने आशंका गरिएको छ ।

यसैगरी, चारवटा मोबाइल, १० वटा सिमकार्ड, २२० सिसीको बा. ६५प ९०२७ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077