Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज किन पुग्यो भैरहवा ?

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ ।

कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे ६ बजे उडेको एयरलाईन्स भैरहवामा अवतरण गरिएको हो ।

धनगढी विमानस्थलका अनुसार काठमाडौंबाट ६ः०५ बजे उडेको जहाज धनगढीमा अवतरण गर्न नसकेपछि भैरहवा फर्काइएको छ ।

जहाजलाई नेपालगञ्जमा अवतरणको प्रयास गर्दा पनि सम्भव नभएपछि भैरहवा ल्याण्ड गरिएको धनगढी विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077