Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरीबाट पक्राउ

    बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी चन्द्रागिरीबाट पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १ भाटभटेनीस्थित राधा देवि ग्रुप कम्पनीका सञ्चालक दिनेश कोईराला रहेका छन् ।

    उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरीबाट पक्राउ गरेको हो । उनले विभिन्न मितिमा बिभिन्न ब्यक्तिहरुलाई बिभिन्न प्रलोभनमा पारी रकम लिई सो रकम बैंक खाताबाट भुक्तानी लिनु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।



    उनले आफ्नो दस्तखतबाट बैंक खाता सञ्चालनमा रहेका बिभिन्न बैंकहरुको खातामा चेक अनुसारको पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक काटी दिई पिडितहरुको रकम समेत फिर्ता नगरी फरार रहेका थिए । उनको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरी नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    बैकिङ कसूर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ । साथैमाथि ठगिएका व्यक्तिहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार