Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टी–२० मा भारत विजयी

काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजसँगको तेस्रो टि–२० मा भारत ७ विकेटले विजयी भएको छ ।

गएराति भएको खेलमा जितका लागि १ सय ६० रनको लक्ष्य पछ्याएको भारतले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । पाँच खेलको शृंखलामा वेस्टइन्डिज २–१ ले अघि छ ।

पहिलो खेलमा वेस्ट इन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077